यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं | पुस १६, २०७९

यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने छु:  प्रधानमन्त्री प्रचण्ड

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् ।


‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए ।


सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।


उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्